काठमाडौँ ३ साउन / काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका यात्रुको नाम थर, वतन खुल्न बाँकी रहेको र थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको बस घटनास्थलमा रहेको र बसचालक प्रहरी चौकी दोलालघाटमा नियन्त्रणमा रहेका छन् ।

