काठमाडौँ ४ साउन / युरोपेली संघले भारतीय रिफाइनरीमा प्रतिबन्ध लगाएकोमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा एक विज्ञप्ति जारी गर्दै भने, “युरोपेली संघले लगाएको पछिल्लो प्रतिबन्ध हाम्रो जानकारीमा छ। भारतले कुनै पनि एकपक्षीय प्रतिबन्धलाई समर्थन गर्दैन। युरोपेली संघले युक्रेन युद्धलाई लिएर रुसमाथि १८ औं चरणको प्रतिबन्धको घोषणा गरेको छ।
हामी एक जिम्मेवार देश हौं र हामी हाम्रा कानुनी जिम्मेवारीहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं उनले भनेका छन् । भारत सरकारले आफ्ना नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न ऊर्जा सुरक्षाको प्रावधानलाई महत्त्वपूर्ण ठान्छ।”
शुक्रबार युरोपेली आयोगका उपाध्यक्ष काजा कालासले सामाजिक सञ्जालमा लेख्दै पहिलो पटक, हामी भारतमा रहेको रोजनेफ्टको सबैभन्दा ठूलो रिफाइनरीमा प्रतिबन्ध लगाउँदैछौं र यस प्रतिबन्धमा फ्ल्याग रजिस्ट्री पनि समावेश छ लेखेकी छिन ।”
काजा कालासले अर्को पोस्टमा लेखेकी छिन् , ईयूले रूसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको छ। १०५ स्याडो फ्लीट जहाजहरूमाथि प्रतिबन्ध लगाएर र रूसी बैंकहरूमा पहुँच प्रतिबन्ध लगाएर हामी क्रेमलिनको युद्ध बजेटलाई अझ घटाउँदैछौं।”
नेटो महासचिव मार्क रुटले भनेका थिए – यदि ब्राजिल, चीन र भारत जस्ता देशहरूले रूससँग व्यापार जारी राखे भने, उनीहरूमाथि दोस्रो प्रतिबन्ध लगाइनेछ।

