काठमाडौँ ५ साउन / आज साउन महिनाको पहिलो सोमबार साउन भगवान शिवको महिना। काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।
सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ ।

