काठमाडौँ ५ साउन / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।
यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २२८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

