fbpx

काठमाडौँ ५ साउन / नेपाल प्रहरीले जारी गरेको सुचना अनुसार देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।

यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको शहीद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् ।

काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित शहीद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।