fbpx

काठमाडौँ ५ साउन / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।