काठमाडौँ ५ साउन / सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । करिब ३ सय ८८ किलो ७ सय ३० ग्रामसहित आइतबार बिहान प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजगढ गाउँपालिका-३ नर्घो बस्ने ४१ वर्षीया रेखाकुमारी मण्डल रहेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सप्तरी इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो।

