काठमाडौँ ६ साउन / घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।
अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका साथै उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
अख्तियारको अनुसन्धान टोलीले मन्त्री गुप्तासँगै गत साता सामाजिक सञ्जालमा सार्वजनिक भएको घुससम्बन्धी अडियोबारे थप विवरण सङ्कलन गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
मन्त्री गुप्ताको अडियो नमुना परीक्षण गरी सामाजिक सञ्जालमा सार्वजनिक अडियोसँग मिलान गरिने छ ।
यो अडियोमा कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवासम्बन्धी घुस लिने संवाद सार्वजनिक भएपछि उनीमाथि व्यापक दबाब परेको थियो । दबाबका कारण मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

