fbpx

काठमाडौँ ७ साउन / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ।

अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।

मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो।