fbpx

काठमाडौँ ७ साउन / ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् । अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो ।

पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी थिइन्। मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो ।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

त्यही सिलसिलामा हेर्दा तत्कालिन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियारस्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको नीजि सुरक्षा अधिकृत(पीएसओ)को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’