काठमाडौँ ८ साउन / रोयटर्सका अनुसार बिहीबार २४ जना यात्रु क्षमता भएको रुसी विमान ५० जना बोकेर रुसको सुदूर पूर्व क्षेत्रमा उडिरहेको थियो । यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।
स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।
विमान साइबेरियास्थित अङ्गारा एयरलाइन्सको भएको स्थानीय आकस्मिक मन्त्रीले बताए । चीनसँगको सीमामा रहेको अमुर क्षेत्रमा रहेको टेन्दा सहरका लागि उडेको उक्त विमान गन्तव्य नजिकै पुगेर हराएको थियो
अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका पनि थिए। उनले भने, ‘विमान खोज्न सबै आवश्यक स्रोतसाधन र टोलीहरू खटाइएको छ।’
इन्टरफ्याक्सको रिपोर्ट अनुसार विमान टिन्डा विमानस्थलमा अवतरण गर्ने पहिलो प्रयासमा असफल भएको थियो। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा यो राडारबाट गायब भएको हो।

