fbpx

काठमाडौँ १९ साउन / जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईनजिक रहेको विभागले बताएको छ ।