काठमाडौँ २६ साउन / रास्वपा सभापति रवि लामिछानेको बसाई हेर्नका लागि भैरहवा कारागारमा मानव अधिकारवादीको टोली पुगेको छ। आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार पुर्पक्षका लागि रूपन्देही कारागारभित्र छन्।
उनीहरु अनुगमनका लागि कारागार प्रवेश गरिसकेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । त्यहाँ उनको बसाइ व्यवस्थापन राम्रो नभएको समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगको टोली अनुगमन गर्न पुगेको हो ।

