fbpx

काठमाडौँ २७ साउन / नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचनामा उल्लेख गरे अनुसार भिजिटर पास वितरण बन्द गभएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएपछि भिजिटर पास बन्द गर्न लागिएको विमानस्थलले जनाएको छ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निर्णयअनुसार यहीँ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको हो ।

विमानस्थल कार्यालयले सूचना जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।

साथै ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गरिदिनु हुनसमेत अनुरोध गरिएको छ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मङ्गलबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार सबैमा जानकारीका लागि अनुरोध गरिन्छ भनिएको छ ।