fbpx

काठमाडौँ २९ साउन / मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ । बैठकले सुरुङ मार्गबाट प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि अलग–अलग दस्तुर तोकेको हो ।

जसअनुसार कार र भ्यानले काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस र साना ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तिर्ने गरी शुल्क निर्धारण गरिएको छ ।

यस्तै, ठूला बस र ट्रकका लागि काठमाडौंतर्फ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।

भारी उपकरण (हेभी इक्विप्मेन्ट) बोकेका सवारीसाधनले काठमाडौं आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।

नागढुंगा सुरुङ मार्गको सञ्चालनसँगै यी दरहरू लागू हुने सरकारले जनाएको छ । यसले काठमाडौं उपत्यकामा प्रवेश र बहिर्गमनका क्रममा यातायात व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।