fbpx

काठमाडौँ ३ भदौ / अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थालमा हुने शो भदौ ८ गतेसम्म चल्नेछ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शोमा उड्ने कारसमेत प्रदर्शनमा राखिने नाडाले जनाएको छ ।

मेलामा ७५ वटा कम्पनी तथा संस्थाका स्टल रहने छन् । जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल÷स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ ।

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ । नाडाले प्रत्येक वर्ष अटो शो गर्दै आइरहेको छ । नाडा अटो शोलाई अटोमोबाइल क्षेत्रको कुम्भमेलाको रुपमा समेत हेर्ने गरिन्छ ।