fbpx

काठमाडौँ ९ भदौ / राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।

यसअघि उनले उपराष्ट्रपति यादवसँग द्वीपक्षीय प्रतिनिधिमण्डलसहितको भेटवार्ता गरेकी थिइन्। त्यस्तै प्रधानमन्त्रै केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन्।

उनले अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताइन् ।

उनी भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ।