fbpx

काठमाडौँ ९ भदौ / विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघले अर्को आन्दोलनका कार्यक्रम सोमबारदेखि नै सुरू गर्न लागेका बेला निजी विद्यालयका शिक्षकहरू पनि सडकमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका शिक्षकले सोमबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । यसअघि गत बिहीबार निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।