fbpx

काठमाडौँ २० भदौ / सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनको प्रकिया अघि बढाएको छ । मन्त्रालयले बिहीबार रातिदेखि लागू हुने गरी सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिसकेको छ । दर्ता नभएका सामाजिक सन्जाल प्लेफर्म बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सरकारले बिहीबार रातिदेखि फेसबुक लगायत विभिन्न सामाजिक सन्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको हो। एउटै विषयमा एकभन्दा बढी रिट आएका कारण सबै रिट अध्ययन गरी बाँकी प्रक्रिया आइतबार मात्रै हुने बुझिएको छ । ‘भोलि शनिबार भएकोले अध्ययनका लागि पनि समय लाग्ने हुदा रिट दर्ताबारे आइतबार मात्रै प्रक्रिया अघि बढ्न सक्छ।

सरकारले सर्वोच्च अदालतकै फैसलालाई टेकेर सूचीकरण हुन नआएका २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो।
सोही अनुसार दूरसञ्चार प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारले निर्णय गरेअनुसारका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको सूचना जारी गरिसकेको छ।