fbpx

काठमाडौँ २३ भदौ / जेनजीको प्रदर्शन सोमबार काठमाडौँ लगायत देशै भरि चर्किएको छ । सुरुमा नयाँ बानेश्वरबाट चर्किएको आन्दोलन देशका अधिकांश ठाउँमा पुगेको छ।

सोमबार बिहान माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो।

जेन–जी प्रदर्शनका कारण बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ। प्रदर्शनकारी र प्रहरीबीच झडप जारी छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, शंखमुल, थापागाउँ, सिंहदरबार क्षेत्रमा राती १० बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेश पछि सडकमा सेनाको उपस्थिति देखिएको छ।

तर, कर्फ्यूकै बीच पनि युवाहरूले बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको छ।