काठमाडौँ ३ असोज / संविधान दिवसका अवसरमा कास्की जिल्ला अदालत बार एसोसिएसन द्वारा संविधान जोगाउन माग गर्दै पोखरामा र्याली निकालिएको छ । अध्यक्ष भगवती पहारी सहितको टोलीले शान्तीपुर्ण र्याली निकालेका हुन् ।
संविधान दिवसको अवसरमा आयोजित बृहत शान्ति र्यालीको क्रममा उनले आन्दोलनपछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर र्याली गरेको बताएकी छिन्।
उनले भनिन्, ‘हामीले आज मौन र्यालीको आयोजना गरेका छौ । यो संविधान दिवसको अवसरमा बारले आयोजना गरेको हो । अहिलेको आन्दोलन पछि कतै यो संविधान मर्छ कि सबैलाई त्रास भइरहेको अवस्थामा हामीले यो र्याली आयोजना गरिरहेका हौँ । हुन त संविधानअनुसार नै सरकार गठन गर्ने तयारी भइरहेको छ ।
मौन जुलुसमा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु र व्यवसायिक संघ संस्थाहरुबाट पनि उपस्थित हुनुहुन्छ । मेहेनत र बलिदानका साथ बनेको संविधानको रक्षा हुनुपर्छ भन्ने नै हाम्रो मुख्य कुरा हो र संविधानमा संशोधनहुनुपर्ने कुरा पनि हुनुपर्छ र व्यवस्था होईन अवस्था परिवर्तन गर्नुपर्छ भन्ने हो ।’ उनले बताए ।

