काठमाडौँ ७ असोज / राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले मङ्गलबार भक्तपुरमा पत्रकार सम्मेलन गरेका छन्।
वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा पत्रकार सम्मेलन गरेको बताएका छन् । प्रसाईँले पत्रकार सम्मेलनमा आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन् ।
प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गरे । तर आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताए ।
‘यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौँ उनले भने,।
व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपर्थ्यो । उनले यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत जिकिर गरे । यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको दाबी गरे । उनले भने,’हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को उनले बताए ।
आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताए । प्रसाईँले भने, ‘हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’
प्रसाईँले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

