काठमाडौँ ९ असोज / प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका घटनामा दोषी उपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।
बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन । उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताइन् ।
आन्दोलन क्रममा जेनजी विद्यार्थी र युवाको ज्यान गुमाएका छन् । यसमा संलग्न दोषीलाई कानूनी कारबाही गर्छौं,’ उनले भनेकी छिन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा र परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको, घाइतेको नि:शुल्क उपचार गरिरहेको पनि उनले बताइन् ।

