fbpx

काठमाडौँ ९ असोज / सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णयलाई उल्टाएको छ।

अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका हुन् ।

“अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उनले भने ।