fbpx

काठमाडौँ ९ असोज / सुशीला कार्की नेतृत्वको सरकारले केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याएको तीन निकायलाई पुरानै अवस्थामा फर्काउने निर्णय गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई वटा विभागलाई अर्थ मातहत ल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए।

यस्तै सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पनि गृहमन्त्रालय अन्तर्गत सारिएको छ। यी तीनै वटा विभाग यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत थिए।