काठमाडौँ १२ असोज / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार साताको पहिलो कारोवार दिन अर्थात् आईतवार नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ ।
आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । यसअघि, शुक्रवार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।

