fbpx

काठमाडौँ १३ असोज / नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ।

अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ ।

गत हप्तामा पनि सोही स्थानमा ठूलो पहिरो खसेपछि सडक सञ्चालनमा ल्याउन दुई दिनभन्दा बढी समय लागेको थियो। पुनः खसेको पहिरोका कारण अहिले पुनः यात्रु र सवारी साधन अलपत्र परेका छन्।