काठमाडौँ १४ असोज / विशेष सूचनाका आधारमा गोलबजार–६ का व्यवसायी जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानको डिएपी र युरिया मल बरामद भएको छ । ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ ढोहटिया स्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानित युरिया र डीएपी मल बरामद गरेको हो ।
प्रशासनका अधिकृत सन्तोष रायका अनुसार बरामद मल इलाका प्रहरीको निगरानीमा गोदाममै सिल गरिएको छ । घरधनी फरार रहेकाले थप विवरण सार्वजनिक भएको छैन ।
यसअघि असोज ८ गते मात्रै प्रशासनले गोलबजारकै न्यु कुशवाहा बिज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको थियो ।

