काठमाडौँ १४ असोज / प्रहरी प्रधान कार्यालयको आइतबारको पत्रअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्। नियुक्तिपछि एसएसपी बोगटीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न नेपाल प्रहरी कटिबद्ध रहने बताए ।
उनको सरुवासँगै जिल्ला प्रहरी परिसरमा बोगटीको अनुभवले ललितपुरमा अपराध न्यूनीकरण र सुरक्षामा थप प्रभाव पार्ने विश्वास गरिएको छ ।

