fbpx

काठमाडौँ १९ असोज / लगातारको वर्षापछि सप्तकोसी नदीको जलसतह जोखिमपूर्ण स्तरमा पुगेको छ । सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।

आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन गर्दा सबै ढोका खोलिएको हो। ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।

‘बहाव निरन्तर वृद्धि भइरहँदा जोखिमलाई मध्यनजर गर्दै ब्यारेज पुलबाट आवतजावत गर्न रोक लगाइएको छ। कोशी नदीको जलसतह बढ्दै जाँदा तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।