fbpx

काठमाडौँ १९ असोज / उपत्यकामा ठूलो वर्षाको संकट अहिलेका लागि टरेको मौसमविद्हरुले बताएका छन्। काठमाडौमा आज विहानैदेखि वर्षा रोकिएको छ।

यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने जनाइएको छ । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।