fbpx

काठमाडौँ २१ असोज- घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सर्वोच्चसहित देशभरका अदालतहरू दसैं बिदापछि मंगलबारबाट खुल्दै छन् ।

जिल्ला र विशेषले पनि आजबाट सेवा दिने तयारी गरेको छ । २३ र २४ भदौमा भएको आन्दोलनका कारण आगजनी र तोडफोड हुँदा सर्वोच्चले पालबाट सेवा दिएको थियो । आजबाट सर्वोच्चले एनेक्स भवनमा इजलास नै बनाएर सुनुवाइ सुरु गर्ने तयारी गरेको छ ।

अदालतले घटस्थापनाअघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति, पक्राउ पूर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।

अब दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।