काठमाडौँ २१ असोज- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।
यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबारको छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर भएको छ । सोमबार प्रतितोला दुई हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुनेछ ।

