काठमाडौँ २२ असोज / पाँच खेलको अन्तर्राष्ट्रिय टी २० सिरिजको अन्तिम तथा निर्णायक खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् ।
नेपालका रजमति ऐरी र कविता कुवँरले ३–३ विकेट लिए । सिरिज २–२ को अवस्थामा रहेकोले आजको खेल जित्ने टोलीले उपाधि हात पार्नेछ ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा फेरि ६ विकेटको सानदार जित निकालेको थियो ।


