fbpx

काठमाडौँ २२ असोज – बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ ।

दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८ अङ्कले ओरालो लागेको थियो । २ दिनमै नेप्से १ सय ३ अङ्कले घटेकाे हाे ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स र होटल समूहको शेयर ३ प्रतिशत तथा विकास बैंक, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज प्रभु इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन शाङ्ग्रीला विकास बैंकको डिबेन्चर (२०८७) भने ७ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ५ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ ।