असोज २३ काठमाडौँ – निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान काठमाडौंको माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो ।
भुसालले बिहान११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन-जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। उनले सरकार आफैँ चलाउने भन्दै जेन-जीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए ।


