fbpx

असोज २४ काठमाडौँ / मकवानपुर प्रहरीले तीन लाख रुपैयाँसहित लङ्गुर बुर्जा खेलाउने ५ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका –८, कमानेस्थित नमुना चोकबाट लङ्गुर बुर्जा खेलाइरहेका ५ जनासहित तीन लाख ९ सय ६५ रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही स्थान बस्ने करिब २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका– ४ घर भएर हाल हेटौंडा– ५ बस्ने ४२ वर्षीय दीपक अर्याल, हेटौंडा– १७ घर भएर हाल हेटौंडा– १५ बस्ने २६ वर्षीय विजय लामा, हेटौंडा– ९ घर भएर हाल हेटौंडा– ८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी, बागमती गाउँपालिका– ८ घर भएर हाल हेटौंडा– ८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ रहेका छन्।