असोज २६ काठमाडौँ / आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगकाे खेलमा नेपालले टस जितेकाे छ ।
योसँगै युएइले सुरुमा बलिङ गर्ने भएको छ। नेपाल र युएई समूह विजेताको रूपमा सुपर सिक्समा पुगेकेा थियो। दुवै टोली सुपर सिक्समा पहिलो जित निकाल्ने दाउमा छन् ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजकाे खेलमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेलेकाे टाेलीलाई नै निरन्तरता दिएको छ ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपाल र यूएई दुवै टाेलीले सुपर–६ मा २ अङ्क जोडेका छन् ।
नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर–६ मा उसँग खेल्न पर्ने छैन । नेपालले सुपर–६ मा भोलि कतारसँग खेल्नेछ । यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।
दुई टोली सुपर सिक्स कै बलिया प्रतिद्वन्दी हुन् । आज खेल जित्ने टोलीलें विश्वकपमा स्थान बनाउन सम्भावना उच्च बनाउनेछ।


