fbpx

असोज २७ काठमाडौँ / ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुनेछ ।

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ । सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।