fbpx

असोज २८ काठमाडौँ / आइसीसी टी २० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ (सोमबार) अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो।

नेपाल यसअघि १८औं स्थानमा रहेकोमा अब १७औं स्थानमा उक्लिएको छ । नेपालले लगातार जित हासिल गरेपछि वरियतामा पनि सुधार भएको हो । खासगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेपछि नेपालको वरियतामा सुधार भएको छ ।

त्यस्तै यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेको छ र १८औं स्थानमा पुगेको छ । टी-२० को वरियतामा हाल भारत शिर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै नेपाल भन्दा एक स्थान माथि युएई रहेको छ ।