असोज २९ काठमाडौँ / मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपराह्न ४ बजेसम्मको समय रहेको छ । मंगलबार नयाँ सरकारका लागि आह्वान गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अपराह्न ४ बजेसम्मको समय दिएकी थिइन् ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ।
सो अवधिका लागि दलहरुले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । मधेसमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाले दाबी गर्दै आएपनि ठोस सहमति भइसकेको छैन ।


