कार्तिक २५ काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज मंगलबार बस्दैछ। पूर्वमन्त्री तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित गरिएको थियो।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे अझै पनि छलफल जारी छ।
करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गएको छ। संस्थापन पक्षले महाधिवेशन गर्ने योजना बनाएको छैन।
अर्को पक्षले भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनैपर्ने अडान अगाडि सारेको छ। बैठकमा कांग्रेसमा दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनत कार्यतालिका प्रस्तुत गरिसकेका छन्।


