चैत १ काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।
(रास्वपा) ले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मनिष झाले सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु ४ जना गरी कुल ५७ जना समावेश छन् । उक्त सूचीमा कानुनी प्रावधानअनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको उनले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए । उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए ।
आज नै तोकिएको समय सिमामा नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गर्यौं । जसअन्तरगत खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ४ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनु भएका छन् ।’
प्रवक्ता झाले नामावली निर्वाचन आयोगको कार्यालयमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नामहरु सार्वजनिक गर्ने बताए । ‘

