चैत १२ काठमाडौँ / प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा सभामा शपथ ग्रहण गरेका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

