चैत १२ काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए।
सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो ।
यससँगै अब रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको तयारी हुँदैछ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।

