fbpx

चैत २५ काठमाडौँ / प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन २७ चैतमा हुने भएको छ। सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका हुन् ।

सभामुख अर्यालले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन्।

सभामुख रास्वपाबाट निर्वाचित भइसकेको अवस्थामा संबिधान अनुसार अब उपसभामुख फरक दलबाट हुनुपर्ने र पुरुष सभामुख भएको अवस्थामा उपसभामुख महिला हुनुपर्ने व्यवस्था रहेको छ ।