वैशाख २ काठमाडौँ / मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
सामान्यत: आइतबार र सोमबार बस्दै आएको मन्त्रिपरिषद्को बैठक बुधबार पनि बसिरहेको छ। प्रमको सचिवालयले यस बैठकलाई नियमित भनेको छ।
अहिलेसम्म उक्त बैठकका एजेन्डाबारे प्रमको सचिवालय र मन्त्रिपरिषद्का सदस्यहरूले केही खुलाएका छैनन् ।

