fbpx

वैशाख ९ काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले ऐनको दफा ४७ ९१० अनुसार उनलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरेको छ। बारम्बार एउटै किसिमको कसुर गरेको भन्दै थप सजाय र क्षतिपूर्ति समेत माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

पटक-पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।

प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ । विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको, “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।