वैशाख १४ काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
मंगलबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने नियम भएता पनि प्रधानमन्त्रीले चाहे जुनसुकै बेला मन्त्रिपरिषद्को बैठक बोलाउन सक्छन ।

