fbpx

वैशाख २२ काठमाडौँ / सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो ।